मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ का २५ जना युवाहरु नेकपा माओवादी केन्द्र र राप्रपा पार्टि परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
शनिबार खलंगामा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएलका मुसिकोट नगरपालिका वडा नम्बर ३ का वडा कमिटि सदस्य प्रविन केसी र राप्रपा मुसिकोट नगर संयोजक जिवन केसी लगायतका युवाहरु कांग्रेसमा प्रबेश गरेको काँग्रेस मुसीकोट नगर समिति सचिव सूर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार अखिल नेपाल शिक्षक संगठनका पूर्व जिल्ला सदस्य भिमबहादुर केसी, वाईसिएलका वडा कमिटि सदस्य बलबहादुर केसी, नविन खड्का, सुनिल शर्मा, युवराज केसी, रमेश केसी, ज्ञानेन्द्र परियार, सुमन शर्मा, बिरेन्द्र केसी, हेमराज केसी, बिरेन्द्र केसी, मुसिकोट नगरपालिका ५ का यामबहादुर केसी लगायतका युवाहरु नेकपा माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रबेसीहरुलाई नेपाली काँग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, काँग्रेस नेता एवं पूर्व उद्योग राज्य मन्त्री गोपाल जि जङ्ग शाह, नेपाली काँग्रेसका कोषाध्यक्ष मोहबिर खड्का, काँग्रेसको तर्फबाट नगर प्रमुखकका उम्मेदवार महेन्द्र केसी , वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार दशरथ केसी, काँग्रेस नेताहरु यामबहादुर केसी, यज्ञ परियार, गोर्खबहादुर खत्री लगायतका नेताहरुले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।