मुसिकोट । रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले अग्रता कायम राखेको छ। अहिलेसम्म मुसिकोट नगरपालिका वडा न. १ मा ११९६ मत गणना गर्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र केसीले ६२७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका नगर प्रमुख पदका उम्मेदवार बसन्त कुमार शर्माले ४५८ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा नेकपा एमालेका गठबन्धनका उम्मेदवार थलबहादुर वलीले ५१५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एकीकृत समाजवादीका विमलकुमार पुनले ३८६ मत प्राप्त गरेका छन्।
उक्त वडामा नेपाली काँग्रेसका ज्ञानु चन्दले ५६६ मत पाउदा नेकपा माओवादी केन्द्रका डम्बर थापाले ५२२ मत प्राप्त गर्नुभएको छ । अहिले पनि मतगणना जारी रहेको छ ।
मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल छ। यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पनि चुनावी तालमेल छ।
यस्तै रुकुम पश्चिमका ६ स्थानिय तह मध्य ४ पालिकामा मतगणना सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार आठबिसकोट नगरपालिकामा मतपेटिका आई नसकेका कारण ढिलाई भएको हो भने बाफिकोटमा बिबादका कारण सुरु हुन सकेको छैन।