सानीभेरी ४ र ५ मा कांग्रेसको प्यालन विजयी

सानीभेरी ४ र ५ मा कांग्रेसको प्यालन विजयी

मुसिकोट । रुकुम पश्चिमको सानीभरी गाउँपालिका वडा नम्बर ४ र ५ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका मनोज कुमार बुढाथोकीले ६८६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका खडक बहादुर चन्दले ३७८ मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्य पनि कांग्रेसकै गंगा चन्द, लक्ष्मी रसाइली, भद्र बुढा, बिमल प्रकाश बुढाथोकी विजयी हुनुभएको छ ।

यस्तै सानीभरी गाउँपालिका वडा नम्बर ५ मा पनि नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अल बहादुर खत्रीले ४६२ मत ल्याएर विजयी हुनुभएको छ ।

वडा सदस्यमा नेपाली काँग्रेसकी गिता बाँठा, कमला चदारा, दलजित बस्नेत र नैने कुसारी विजयी हुनुभएको छ ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर बिष्टले २८१२ मत सहित अग्रता कायम गर्नु भएको छ । उहाँका प्रतिद्वन्दि कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २१३२ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोकाले २८१४ मत ल्याउदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १५३५ मत ल्याउनु भएको छ । अहिले पनि मतगणना जारी रहेको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार