बाँफिकोट २ मा कांग्रेसका प्रकाश खत्रीको प्यानल विजयी

बाँफिकोट २ मा कांग्रेसका प्रकाश खत्रीको प्यानल विजयी

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

वडा नम्बर २ मा नेपाली कांग्रेसका प्रकाश खत्रीको प्यानल विजयी भएको छ । उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार मन्जित नाथलाई १७८ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

निर्वाचित खत्रीले ७२१ मत प्राप्त गर्दा नाथले ५४३ मत पाउनुभयो । वडा सदस्यहरुमा पनि कांग्रेका हातिराम बस्नेत , रत्न वीर पौडेल, देउमि पौडेल र सुन्पा दमाई विजयी हुनु भएको छ ।

नवनिर्वाचित खत्री नेपाली कांग्रेस रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर २ को सभापति हुनुहुन्छ ।

यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका जनक कुमार बाठाँमगरले १३७८ मत ल्याउदा नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर केसी १२१८ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसी नन्दा केसी नाथले १३६३ प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रकी तारा बुढा केसीले १२३५ मत ल्याउनुभएको छ ।

अहिले ३ र ८ नम्बर वडाको मतगणना जारी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार