त्रिवेणी ४ मा कांग्रेसको प्यानल विजयी

रुकुम पश्चिम

त्रिवेणी ४ मा कांग्रेसको प्यानल विजयी

रुकुम पश्चिम

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

नेपाली कांग्रेसका नन्नराम बाठाँले ५१६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दि नेकपा माओवादी केन्द्रका घमण्डबहादुर खड्काले ३५२ मत प्राप्त गर्नुभएको छ।

सदस्यहरुमा कांग्रेसका रेवता खड्का गिरी, निर्मला दमाई, ताराप्रकाश खड्का र दलबहादुर खड्का विजयी हुनुभएको छ । अहिले सम्म गाउँपालिकामा नेकपा माओवादी केन्द्रले कुनैपनि वडामा जित हाँसिल गरेको छैन् ।

यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । अध्यक्षमा माओवादी केन्द्रका गणेश कुमार केसीले १५१६ मत ल्याउँदा कांग्रेसका अमरसिंह खड्काले १३२७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका राजकुमारी रेउलेले १४६८ मत पाउँदा कांग्रेसका सृष्टी बाँठामगरले १३८२ मत पाउनुभएको छ ।

यस्तै यहाँको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली र वडा नम्बर ३ मा नेपाली कांग्रेसका दिपेन्द्रकुमार ओलीको प्यानल विजयी भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार