आठबीसकोटको १, २ र ३ वडामा माओवादीको प्यानल विजयी

आठबीसकोटको १, २ र ३ वडामा माओवादीको प्यानल विजयी

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीन ओटा वडाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १, २ र ३ वडामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

वडा नम्बर १ मा देवबहादुर घर्ती, वडा नम्बर २ मा देववहादुर यरी र वडा नम्बर ३ मा केशरमान विकको प्यानल विजयी भएको हो ।

नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायम रहेको छ । यो समाचार तयार पार्दा सम्म माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार रवि केसीले १४७६ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका धिरेन्द्रकुमार बटालाले ८५६ मत ल्याउनु भएको छ ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार धनकुमारी शाहीले १४९४ मत प्राप्त गरेर अग्रता कायम गरेकी छिन भने उनका प्रतिद्वन्दी नेकपा एमालेका दिनेश चन्दले ८६४ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नम्बर ४ को मतगणना जारि रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार