खलंगा बजारको सवारी पार्किङ व्यवस्थित बनाउछौँ : नगर प्रमुख केसी

खलंगा बजारको सवारी पार्किङ व्यवस्थित बनाउछौँ : नगर प्रमुख केसी

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले खलंगा बजारमा रहेको फोहोर ब्यबस्थापनको समस्या र अब्यबस्थीत रुपमा रहेको सवारी पार्किङलाई व्यवस्थित गरिने बताउनु भएको छ । उहाँले छिटै नगरपालिकामा फोहोर ब्यबस्थापन शाखा स्थापना गरि त्यसको हल गर्ने बताउनु भएको छ ।

शनिबार नगरपालिकाको १ नम्बर वडा कार्यालयले आयोजना गरेको खलंगा बजार र त्यस आसपासका क्षेत्रको सरसफाई तथा सवारी साधन पार्किङ ब्यबस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले बजारमा यत्रतत्र छरिएर रहेको फोहोरलाई मोहोरको रुपमा बदल्न नगरपालिकामा शाखा नै स्थापना गर्ने बताउनु भएको हो ।

त्यसैगरि उप प्रमुख बिमल कुमार पुनले फोहोर ब्यबस्थापनको समस्या र अब्यबस्थीत रुपमा रहेको सवारी साधनको पार्किङ मात्र नभई नगरबासीका सबै गुनासो सुन्ने र त्यसको समाधान गर्ने गरि गुनासो सुनुवाई चौतारो स्थापना गर्ने बताउनु भएको छ ।

उपप्रमुख पुनले नगरबासीहरुकै सल्लाहमा साप्ताहिक वा मासिक रुपमा गुनासो सुन्ने र त्यसको बिषयमा छलफल भई समस्या हल हुने गरि नगरपालिकाकै पायक पर्ने कुनै एक ठाउँमा गुनासो सुनुवाई चौतारो स्थापना गर्ने बताउनु भएको हो ।

नगरपालिकाको खलंगा बजारमा फोहार बढ्दै गएको र सवारी साधन पार्किङ पनि लामो समयदेख ब्यबस्थापन हुन नसेकोले बजार दिनप्रतिदिन कुरुप बन्दै गएको छ ।सुन्दर बजार, सुन्दुर नगर निर्माणका लागि नगर सरकार र सरोकार वालाको भुमिका के हुन सक्छ भन्ने बिषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम राखिएको १ नम्बर वडाका वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दले बताउनु भयो ।

नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता र उपप्रमुख बिमल कुमार पुनको बिशेष आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का, नागरिक समाजका अगुवा मिन बहादुर पुन लगायतको अतिथ्यता रहेको थियो ।

त्यसैगरि कार्यक्रममा १ नम्बर वडाका सबै जनप्रतिनीधिहरु, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत बजार ब्यबसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता १ नम्बर वडाका वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दले गर्नु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार