सानीभेरी गाउँपालिका अध्यक्ष बिष्टले गरे सम्पत्ति विवरण सार्वजनिक

सानीभेरी गाउँपालिका अध्यक्ष बिष्टले गरे सम्पत्ति विवरण सार्वजनिक

गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर बिष्टले आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुभएको छ ।

आइतबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरेर अध्यक्ष विष्टले आफ्नो र श्रीमतिका नाममा रहेको सम्पति विवरण सार्वजनिक गर्नुभएको हो ।

उहाँका नाममा सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा १ सय ५५ वर्गमिटर क्षेत्रफलमा बनेको एउटा कच्चि घर रहेको छ । सानीभेरी ३ मा ३ सय ७५ वर्गमिटर पाखो जग्गा पनि आफ्नो नाममा रहेको उहाँले जानकारी दिनुभयो ।

सानीभेरी बचत सहकारी संस्थामा १५ हजार र सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थामा २० हजार गरी कुल ३५ हजार शेयर रहेको उहाँले बताउनुभयो । अध्यक्ष विष्टले श्रीमतिको नाममा सानीभेरी ३ को पेदी बजारमा १० लाख ५० हजारको कस्मेटिक रहेको उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै सम्पतिका नाममा आफ्नो, श्रीमतिको छोरा छोरीको गरेर ४ वटा स्मार्ट मोबाईल फोन रहेको पनि उहाँको भनाई छ । साथै अध्यक्ष विष्टको नाममा ११ लाख ५० हजार ऋण रहेको छ ।

उहाँका अनुसार सनराइज बैंकमा १० लाख ऋण रहेकामा मासिक किस्ता तिरिरहेको र हाल ७ लाख जति ऋण बाँकी रहेको छ । त्यस्तै सानीभेरी ऋण तथा बचत सहकारीमा १ लाख ५० हजार ऋण रहेको र यो ऋण पनि किस्ता किस्तामा तिरिरहेको उहाँले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार