मुसीकोट नगरकार्यपालिका सदस्यका लागि १७ जनाको उम्मेदवारी दर्ता

मुसीकोट नगरकार्यपालिका सदस्यका लागि १७ जनाको उम्मेदवारी दर्ता

फाईल तस्बीर ।

मुसिकोट । मुसीकोट नगरकार्यपालिकाका लागि १७ जनाको उम्मेदवारी दर्ता भएको छ । ८ जना नगरकार्यपालिका सदस्यका लागि सोमबार १७ जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रबाट ८ जना, नेपाली कांग्रेसबाट ७ जना, नेकपा एमालेबाट १ जना र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको छ । मुसीकोट नगर कार्यपालिकाको निर्वाचन जेठ १९ गते हुदैछ ।

कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रबाट दलबहादुर परियार, निर्मला नेपाली, राजु विक, निर्मला रसाईली विश्वकर्मा, रचना पुनमगर, ललिता सिर्पाली, दिलमाया खड्का ओली र देवी पुनको उम्मेदवारी परेको छ ।

त्यस्तै नेपाली कांग्रेसबाट अनिता विक, टेकबहादुर विक, हिरा गहतराज, अञ्जना केसी विसी, खिमाकुमारी केसी, धनमाया नेपाली र भवानी शर्माको उम्मेदवारी परेको छ ।

नेकपा एमालेबाट वमकुमारी ओली केसीको उम्मेदवारी पर्दा स्वतन्त्रबाट लोकबहादुर कामीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरसभामा नेकपा माओवादी केन्द्रका ३९ जना, नेपाली कांग्रेसका २९ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीका १ जना सदस्य रहेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार