रुकुम पश्चिममा महिलाहरुका लागि नेतृत्व विकास तालिम

रुकुम पश्चिममा महिलाहरुका लागि नेतृत्व विकास तालिम

मुसिकोट । रुकुम पश्चिममा महिलाहरुका लागि नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। (ओरेक) रुकुमको आयोजनामा बाँफिकोट गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिबेणी गाउँपालिकाका ६ वटा वडाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो।

लैगिक विभेद, महिला हिंसा सम्बन्धी धारणागत स्पष्टता पार्ने र महिला अधिकारको बारेमा जानकारी गराइ समाजमा हुने सबै खालका विभेदलाई अन्त्यका लागि वातावरण तयार गर्ने उद्देश्यले सन्चालन गरिएको हो।

तालिममा लैगिक हिंसा, महिला हिंसा, द्वन्द्व र शान्ति, नेतृत्व विकास, घरेलु हिंसा ऐन र महिला अधिकारको विषयमा सहजीकरण गरीएको थियो। तीन दिने तालिमको अन्तिम दिन सहभागीहरुले एक वर्षको कार्ययोजना पनि तयार गरेका छन्।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) को आयोजनामा सन्चालन गरीएको तालिममा (ओरेक) काठमाडौंका सुनिता मैनाली, नारायण शर्मा, निति गिरी, जिल्ला संयोजक दिपा धिताल, अधिवक्ता मनिसा भण्डारी र जिल्ला प्रहरी प्रमुख बिष्णुप्रसाद सोतिले सहजीकरण गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार