सार्वजनिक सवारीको भाडा घट्यो

सार्वजनिक सवारीको भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ अर्थात ६।१३ प्रतिशत घटेको थियो । सो अनुरुप अब यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २।६ र तराईको बाटोमा चल्ने मालबाहकमा २।९ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।

विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्नेछ । यसअघि विभागले चैत २०, जेठ ४ र जेठ १० गते भाडा समायोजन गरेको थियो ।

सूची हेर्न यस लिंकमा क्लिक गर्नुहोस् 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार