सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर मंगलबार ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

सोमबार तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार