बुरालमष्ट मन्दिरको सुरक्षाका लागि सिसि क्यामेरा जडान

बुरालमष्ट मन्दिरको सुरक्षाका लागि सिसि क्यामेरा जडान

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ काँडामा रहेको बुरालमष्ट मन्दिरको सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको छ ।

सोहि वडाको तल्लो काडा बस्ने स्थानीय कमल केसी र नविन केसी (दाजुभाइ) को व्यक्तिगत लगानीमा मन्दिर परिसरमा सिसि क्यामेरा जडान गरिएको बुढुमष्ट क्षेत्र विकास कोषको संरक्षक ध्रुवराज केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४० हजार बढीको लगानीमा मन्दिरमा सिसि क्यामेरा जडान गरिएको हो । गत वर्ष यस मन्दिर भित्र रहेको नगद चोरी भएको थियो । उक्त चोरी भएको नगद हालसम्म पनि फेला पर्न नसकेको संरक्षक केसीले जानकारी दिनुभयो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार