राप्ती हाइड्रोको सेयर बिक्री खुला, असार ७ सम्म आवेदन दिन सकिने

राप्ती हाइड्रोको सेयर बिक्री खुला, असार ७ सम्म आवेदन दिन सकिने

मंगलबारबाट राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडले कम्पनीको सेयरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी र रुकुम पश्चिम जिल्लाका स्थानीयबासीहरुका लागि कम्पनीको साधारण सेयरको बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड १२ लाख ७९ हजार ३०० रुपैयाँ बराबरको ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयरको बिक्री खुलाएको हो। सेयरको अ‌ंकित मूल्य प्रतिकित्त एक सय रुपैयाँ रहेको छ।

उक्त सेयर खरिदका लागि स्थानीय जिल्लाबासीले जेठ २४ बाट असार ७ सम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा खुलाएको संख्याको सेयरका लागि आवेदन नपरे कम्पनीले २२ असारसम्मका लागि आवेदन मिति थप गर्नेछ।

यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र सहनिष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

कम्पनीको सेयरका लागि स्थानीयबासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

साथै, ग्लोबल आईएमई बैंक र प्रभु बैंकका स्थानीय जिल्लाका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ।

यसैगरी कम्पनीले स्थानीयबासीलाई सेयर जारीपछि दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि आईपीओमा जाने जानकारी दिएको छ। स्थानीयलाई बिक्री गरेर बाँकी रहेको २३ लाख २८ हजार ६१७ कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत सामुहिक लगानी कोषका लागि, ३ प्रतिशत कर्मचारीका लागि छुट्याएको।

यसपछि बाँकी हुन आउने २१ लाख ४२ हजार ३२७ कित्ता आम सर्वसाधरणका लागि बिक्री गरिने जनाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार