जिसस जाजरकोटको प्रमुखमा खत्री र उपप्रमुखमा सिंह विजयी

जिसस जाजरकोटको प्रमुखमा खत्री र उपप्रमुखमा सिंह विजयी

जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएको छ । सता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका कालीबहादुर खत्री र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह विजयी हुनु भएको छ ।

समन्वय प्रमुखमा कांग्रेसका खत्रीको एकल उम्मेदवारी परेकोमा निर्विरोध निर्वाचित हुनु भएको थियो । मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार काँग्रेसले प्रमुख सहित छ, नेकपा माओवादी केन्द्रले उपप्रमुख सहित तीन जनाले जितेका छन् ।

प्रमुखमा  कांग्रेका काली बहादुर खत्री, उपप्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट दल बहादुर सिह, सदस्यहरुमा नेपाली काग्रेसका खडक बहादुर बुढा, चित्र प्रसाद शर्मा, जित बहादुर रोकाया महिला सदस्यमा बिन्दु शाही, पानसा सिह, नेकपा माओवादी केन्द्रका  नन्दकला विक, विनिता बिक निर्वाचित हुनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार