मुसिकोटमा गणकहरुलाई तालिम

मुसिकोटमा गणकहरुलाई तालिम

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्थानीय तहको एकीकृत बस्तुस्थीति तयारी सम्बन्धी स्वयंसेवक गणकहरुका लागि १ दिने तालिम सम्पन्न भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा नगरपालिकाले स्थानीय तहको एकीकृत बस्तुस्थीति तयारी सम्बन्धी स्वयंसेवक गणकहरुलाई १ दिने तालिम दिएको हो ।

यहि असार २ गते बिहीबार सम्पन्न तालिमको उद्घाटन नगर प्रमुख महेन्द्र केसीले गर्नु भएको थियो । नगरपालिकाको डिजिटल प्रोफाइल निर्माण गर्न नगरपालिकाले स्वयंसेवक गणकहरु छनौट गरि एकीकृत बस्तुस्थीति तयारी सम्बन्धी तालिम दिएको छ । तालिमपछि नगरपालिकाले सबै स्वयंसेवक गणकहरुलाई डाटा संकलनका लागि सम्बन्धीत वडाका बिभिन्न टोलहरुमा खटाउने बताएको छ ।

तालिमको सहजीकरण एबं प्रशिक्षण नगरपालिकाका सुचना प्रबिधि अधिकृत गोपाल ओली र त्रिभूवन बिश्व बिद्यालयका सुचना प्रबिधि संकाय तर्फको स्नातक तह अध्ययन्रत शुसन थापाले गर्नु भएको थियो । नगरपालिकाको सभाहल सेरीगाउँमा सम्पन्न तालिममा नगरपालिकाका १४ वटै वडाका २९ जना स्वयंसेवक गणकहरुको सहभागिता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार