कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

कृषि विकास बैंकले १५२ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले स्थायी पदपूर्तिका लागि १५२ जना कर्मचारी भर्ना गर्ने भएको हो ।

लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरिएको हो ।  प्रकाशित सूचनाअनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागेको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखापालका लागि पनि  दरखास्त आह्वान भएको छ । बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । साउन १२ भित्र आवेदन दिनुपर्नेछ । अनलाइनमार्फत पनि आवेदन भर्न सकिनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार