मुसीकाेट । महालेखा नियन्त्रक कार्यालयले आज शनिबार सार्वजनिक बिदाको दिन भएतापनि निकाशा भुक्तानी दिन पत्राचार गरेको छ ।
आज २५ गते राती १२ बजे देखि आर्थिक वर्ष ०७८,०७९ को बार्षिक खाताबन्दीका क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरु बन्द हुने भएकोले शनिबारको दिनमा पनि भुक्तानीको व्यजस्था मिलाउन महालेखाले पत्राचार गरेको हो ।
सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा इकाइहरु र स्थानीय तहहरुलाई शनिबार पनि उक्त सेवा दिन अनुरोध गरिएको हो ।
भोलिदेखि भने प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार निर्देशन दिइएको महालेखा कार्यालयले जनाएको छ ।