वैशाख ९ चितवन
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) जाँचमा पोजेटिभ नतिजा आएको चितवन रत्ननगरकी महिलाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ । पिठुवामा रहेको गुन्जमानसिंह अस्पतालमा गरिएको र्यापिड टेस्टमा आइतवार ती महिलामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।
सोमबार भरतपुरमा गरिएको पीसीआर परीक्षणमा भने नेगेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।