उपसभामुखका लागि आज मनोनयन दर्ता

उपसभामुखका लागि आज मनोनयन दर्ता

प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ। रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ।

उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खाली रहँदै आएकाे थियाे।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार