बाँफिकोट गाउँपालिकाको वजेट पास

बाँफिकोट गाउँपालिकाको वजेट पास

मुसिकाेट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० को लागि गाउँसभामा पेश गरेको वजेट पास भएको छ । आजको गाउँसभाले आगामि आर्थिक वर्षको लागि पेश भएको वजेट पारित गरेको हो ।

गाउँपालिकाले छैटौ गाउँसभा मार्फत ४३ करोड २८ लाख १६ हजार वजेट पेश गरेको थियो । आजको सभाले वजेट पास गरेको वडा नम्वर २ का अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । गाउँपालिकाको वजेट २० करोड ५६ लाख १६ हजार अन्तरगत चालु तर्फ १६ करोड ९५ लाख १० हजार, पुँजिगत तर्फ ३ करोड ६१ लाख ६ हजार वजेट विनियोजन गरेका छ ।

सशर्त अनुदान २२ करोड ७२ लाख, चालु तर्फ १९ करोड ९ लाख, पुँजीगत तर्फ ३ करोड ६३ लाख गरि ४३ करोड २८ लाख १६ हजार वजेट आएको हो ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार