फोहर व्यवस्थापनका लागि मुसीकोटका विभिन्न ठाउँमा डस्टविन

फोहर व्यवस्थापनका लागि मुसीकोटका विभिन्न ठाउँमा डस्टविन

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा फोहर व्यवस्थापनको लागि बजारका विभिन्न ठाउँमा डस्टविनको व्यवस्थापन गरिएको छ ।

नगरपालिकाले वजारका चोक तथा गल्लिमा फोहर थुप्रिन थालेपछि कुहिने, नकुहिने र सिसाजन्य फोहोर छुट्टाछुट्टै राख्नको लागि डस्टविनको व्यस्था गरिएको हो ।

खंलगा वजार, पातुखोला, वागवजार र शेरिगाउँका विभिन्न १५ वटा ठाउँमा ४५ वटा डस्टविन राखिएको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।

नगरपालिकाले दिएको जानकारी अनुसार  कुहिने फोहर, नकुहिने फोहर र सिसाजन्य फोहरलाई छुट्टै राख्नको लागि एक ठाउँमा तीन वटा डस्टविन राखिएको  छ ।

यस्तै नगरपालिकाले शितलपोखरी, सोलावाङ लगायतका वजार क्षेत्रमा पनि केहि दिनमा डस्टविन राखिने जनाएको छ ।

नगरपालिकाले जथाभाबी फोहर नफाल्न अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार