
पिरतीमा जहर चाहिदैना मलाई
मान्छे बिनाको शहर चाहिदैना मलाई
भो बाँच्ना देउ जुन अवस्थामा हु म
तड्पिराछु खुसि रहर चाहिदैना मलाई
कोमल ह्दय लौनी झै मन यति भए पुग्छ
फुट्दै नफुटने पहर चाहिदैना मलाई
बग्नु परयो भेरी राप्ती कर्णाली झै
पानी नबग्ने नहर चाहिदैना मलाई
चारै तिर अन्धकार नै अन्धकार यहि व्यारो छ
मन रुवाउने बिहानीको प्रहर चाहिदैना मलाई
केवल कुमार के.सी
कोहोलपुर (हाल मैनापोखर)