नेपाल प्रहरीका ११ एसपीको काज सरूवा

नेपाल प्रहरीका ११ एसपीको काज सरूवा

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले ११ जना एसपीको काज सरूवा गरेको हो। काज सरूवा गरेसँगै सात जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि फेरिएका हुन्।

कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई पठाइएको छ। रौहतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा बामदेव गौतम, बारामा होबिन्द्र बोगटी, डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरमा प्रजित केसीलाई पठाएको छ।

यस्तै भक्तपुरमा रहेका शिवकुमार श्रेष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा पठाएको छ। प्रहरीको इन्टरपोल शाखामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखाका अनुपम शम्शेर जबरालाई पठाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका विश्व अधिकारीलाई यूएन शाखामा सरूवा गरेको छ। यूएनमा रहेका गंगा पन्तलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी पठाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार