न्याय परिषदले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।
मंगलबारको परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।
त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।