नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । भदौ २ गतेदेखि २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो ।
१० गतेदेखि सुरु भए पनि अभियान २४ गते नै सकिनेछ ।
कांग्रेसका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम ३० र ३१ गते हुँदैछ ।
यस्तै बैठकले चुनावका लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङ्दम्बेले जानकारी दिए।
यसैगरी निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको उनले जनाए।