मुसिकोट । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
बुधबार प्रधानमन्त्री शेर बहादुर देउवालाई नेकपाका जिल्ला सेक्रेटरी चन्द्र बहादुर बुढा सहितका नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे मार्फत ज्ञापनपत्र पेश गरिएको हो।
नेकपाका नेता-कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर सरकारले तीन बुदे सहमती विरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग सहितको ज्ञापनपत्र पेश गरेका हुन।
ज्ञापनपत्रमा सरकारले सम्पूर्ण बन्दीहरुको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेजीको प्रक्रिया अबिलम्ब थालनी गर्नुपर्ने,पार्टीका महासचिव, प्रवक्ता लगाएतका नेता कार्यकर्तामाथी जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने,राज्यले नेपाल कम्युनिस्ट पार्टीलाई तुरुन्त वार्तामा बोलाइ उपयुक्त कार्यहरुको थालनी गर्न पहल गर्नुपर्ने,राज्यले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने लगाएतका मागहरु पेश गरिएको छ।
ज्ञापनपत्र :
