बाँफिकोटबाट बेवारिसे महिलाको उद्धार

बाँफिकोटबाट बेवारिसे महिलाको उद्धार

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ३ सिसाखोला जंगलबाट एक महिलाको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आईतबार सिसाखोलाको जंगलमा बेवारिसे अवस्थामा महिला रहेको सूचना पश्चात प्रहरीले उद्धार गरेर जिल्ला ल्याएको हो । अन्दाजी ५०/५५ वर्षकी निज महिला हालसम्म बोल्न सक्ने अवस्थामा नरहेको बताईएको छ । उनले आफ्नो नाम र ठेगाना बताउन नसकिरहेको प्रहरीको भनाई छ ।

धेरै दिन देखि खान नपाएको अवस्थामा रहेकी उनलाई अहिले उपचारको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ । सामान्य हिन्दी शब्दहरु बोल्ने गरेकोले उनी जिल्ला बाहिरबाट आएर अलपत्र परेको हुनसक्ने अनुमान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार