मुसिकोट । निर्माणाधिन जाजरकोट–डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको रिम्ना देखि तल्लुबगर सडक खण्ड बन्द हुने भएको छ । उक्त सडकखण्ड कालोपत्रे गर्ने गरी निर्माणको काम सुरु भएपछि आगामी भदौ २७ गते देखि असोज ८ गते सम्म बन्द गरिने भएको हो ।
बिहिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सूचना निकालेर उक्त सडकमा भदौ २७ गते देखि असोज ८ गतेसम्म सवारी आवतजावत बन्द हुने जानकारी गराएको हो ।
सडक डिभिजन कार्यालय चौरजहारी अन्तरर्गत निर्माणाधिन रिम्ना–तल्लुबजार सडक खण्डको छेपारे भिरमा स्तरोन्नतिको काम भईरहेकाले विहान ८ बजे देखि साँझ ७ बजेसम्म उक्त सडक खण्डमा सवारी साधन आवत जावतमा रोक लगाइने जारी सूचनामा उल्लेख गरिएकोे छ ।
