मुसीकोट। रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ ले असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । वडाले सुत्केरी आमा र शिशुलाई लक्षित गरेर चालु आर्थिक वर्षका लागि उक्त कार्यक्रम ल्याएको जनाएको छ ।
श्रावण १ गतेबाट सुरु भएको असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रमबाट सुत्केरी आमालाई एक हजार रुपैंया वितरण गरिदै आएको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगद सहित आमालाई न्यानो बर्की र शिशुलाई न्यानो कपडा वितरण गरिएको छ । हालसम्म ७ जनालाई सुत्केरी आमालाई घरमै पुुगेर सुत्केरी
स्याहार भत्ता प्रदान गरिएको जनाइएको छ ।