दशैँ पछि चौरजहारीमा निःशुल्क आँखा अप्रेशन शिविर

दशैँ पछि चौरजहारीमा निःशुल्क आँखा अप्रेशन शिविर

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा असोज २२ गतेदेखि २६ गते सम्म निःशुल्क आँखा अप्रेशन शिविर हुने भएको छ ।

नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोग र (एन.ए.बि.पि.आइ. केयर नर्वे) को आर्थिक सहयोगमा चौरजहारी नगरपालिकाले शिविर सञ्चालन गर्ने लागेको हो ।

शिविरमा मोतिबिन्दुको अप्रेशनका साथै आँखा सम्बन्धी अन्य समस्याको उपचार गरिने चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । शिविर नगरका ६ ठाउँमा संचालन हुने छ ।

यस्तै शिविरबाट पहिचान भएका बिरामीको असोज २८ र २९ गते वडा नम्बर २ स्थित सेवा केन्द्रमा निःशुल्क अप्रेशन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार