बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । ९ दिनसम्म दुर्गा भवानीका विभिन्न रुपको पूजा आराधना गरी दशौँ दिन बुधबार असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा टीका जमरासहित धारण गरेर दसैँ मनाउन लागिएको हो ।
यस दिन मान्यजनको हातबाट टीका तथा जमरा धारण गरी आशिर्वाद लिने चलन छ । विजयादशमीको साइत बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको जनाइएको छ । तर नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः५१ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णाक समितिले जनाएको हो ।