एमाले रुकुम पश्चिमद्वारा उम्मेदवारी दर्ता

एमाले रुकुम पश्चिमद्वारा उम्मेदवारी दर्ता

मुसिकोट । नेकपा एमाले रुकुम पश्चिमले आगामि मसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागी उम्मेदवारी दर्ता गरेको छ ।

प्रतिनिधि सभाको उम्मेदवारको लागी पार्टीकाे जिल्ला अध्यक्ष नन्दराम देवकोटाले मनोनयन दर्ता गराउनुभएको छ । देवकोटाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गरेको जनाइएको छ ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा नारायण कुमार शाहको र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) मा कर्ण बहादुर घर्तिको उम्मेदवार दर्ता भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार