कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।

शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् ।

१५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

‘१४–१५ जना बेपत्ता भएको भनेर गाउँलेले खबर गरेपछि गएको प्रहरी घटनास्थलमा पुगेको छ,’ शर्माले भने, ‘प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ र थप विवरण आउन बाँकी छ ।’

यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार