रुकुम पश्चिममा काँग्रेस, एमाले र माओबादी एक्लाएक्लै भिड्दै

रुकुम पश्चिममा काँग्रेस, एमाले र माओबादी एक्लाएक्लै भिड्दै

मुसिकोट । देशका अन्य निर्वाचन क्षेत्रमा गठबन्धन गरी चुनावमा होमिएका दलहरू रूकुम पश्चिममा भने एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन्। नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिममा गठबन्धन भएको छैन।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक्लाएक्लै चुनावमा होमिएका छन्। उनीहरूले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्तासमेत गरिसकेका छन्।

सत्तासिन दलहरुका बीचमा अन्य ठाउँमा चुनाबी गठबन्धन भएपनि रुकुम पश्चिममा माओबादीकै दम्भका कारण एक्लाएक्लै भिड्ने स्थिति आएको नेपाली काँग्रेसका एक जिल्ला नेताले बताए ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा माओबादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र प्रदेशसभा (१) मा महेन्द्र केसी र प्रदेशसभा (२) मा राजकुमार शर्माको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै नेपाली कांग्रेसले पनि यहाँ एकल रुपमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि एक्लै उम्मेदवारी दर्ता गराएको छ ।

यहाँ प्रतिनिधी सभा सदस्यको लागि काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, प्रदेश निर्वाचन क्षेत्र (१) काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय र प्रदेश निर्वाचन क्षेत्र (२) मा कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यो जिल्लामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट पनि एकल रुपमा उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभा सदस्य पदका लागि एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य पदका लागि (१) मा नारायणकुमार शाह र (२) मा कर्णबहादुर घर्तीको उम्मेदवार दर्ता भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै प्रतिनिधि सभा तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्ल, मंगोल नेशनल अर्गनाजेशन पार्टीका हरिबहादुर पुन, स्वतन्त्रबाट तारक केसी, लालबहादुर महत र राजन पाण्डेलेको मनोनयन दर्ता भएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र (१) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोदकुमार शाह, स्वतन्त्रबाट भिमदत्त खड्का रहनुभएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसी र स्वतन्त्रबाट खड्कबहादुर डाँगीको मनोनयन दर्ता भएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार