सरकार कर्मचारी तथा शिक्षकलाई कुनै पनि उम्मेदवारको प्रचार प्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
निर्वाचन आचार संहिताविपरीत सरकारी कर्मचारी, शिक्षक, सार्वजनिक संस्थानका कर्मचारीले खुलेर उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको भन्दै आयोगले त्यस्तो नगर्न निर्देशन जारी गरेको हो।
आयोगले आचार संहिताको प्रतिकुल हुने गरी सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको अनुगमनका क्रममा फेला परेको जनाएको छ।
आयोगले उम्मेदवारसँग बसेर फोटो खिचाउने, बधाई दिने जस्ता काम समेत गर्न भनेको छ।
प्रवक्ता शालिग्राम पौडेलले भनेका छन्, ‘त्यसरी प्रचारप्रसारमा सम्लग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरुका प्रचार सामग्रीहरुको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ।’