सल्यानमा कांग्रेसका बागी उम्मेदवार शाहले फिर्ता लिएनन् उम्मेदवारी

सल्यानमा कांग्रेसका बागी उम्मेदवार शाहले फिर्ता लिएनन् उम्मेदवारी

सल्यानमा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर शाहले प्रतिनिधि सभाको उम्मेदवारी कायमै राखेका छन् । सत्तागठबन्धनमा प्रतिनिधिसभातर्फको उम्मेदवार एकीकृत समाजवादीलाई परेपछि उनले उम्मेदवारी दिएका थिए ।

एकीकृत समाजवादीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णयले कांग्रेसमा असन्तुष्टि बढेको थियो । कांग्रेसका पूर्वराज्यमन्त्रीसमेत पार्टीले दिएको निर्देशन अस्विकार गर्दै उम्मेदवारी कायम राखेका छन् ।

‘हामीले नाम फिर्ता गर्नुस् भनी आग्रह गरेका हौं । उहाँ ९राजेन्द्र बहादुर०ले मान्नुभएन ।’ सल्यानका कांग्रेस जिल्ला सभापति केशबहादुर विष्टले भने । शाह २०७४ सालमा पनि उम्मेदवार बनेका थिए ।

प्रदेश (क) मा विद्रोही उम्मेदवार बनेका कर्णाली प्रदेश कांग्रेसका सहमहामन्त्री  एकराज डाँगीले भने नाम फिर्ता गरेका छन् ।

गठबन्धनबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला उम्मेदवार बनेका छन् । प्रदेश निर्वाचन (क) मा माओवादीका भीमप्रकाश शर्मा र (ख) मा कांग्रेसका सुरेश अधिकारीलाई गठबन्धनबाट साझा उम्मेदवार बनाइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार