रुकुम पश्चिममा कांग्रेसका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

रुकुम पश्चिममा कांग्रेसका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

क्रमश मानबहादुर नेपाली, कृष्णबहादुर रोकाया, लालबहादुर महत र खड्कबहादुर डाँगी ।

मुसिकोट । रुकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन ।

कांग्रेसबाट प्रतिनिधि सभाका लागि मानबहादुर नेपाली र स्वतन्त्रबाट प्रतिनिधि सभाका उम्मेदवार कांग्रेसका लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा कांग्रेसका कृष्णबहादुर रोकायालाई उम्मेदवार बनाएको थियो । उनले पनि गठबन्धनलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्व जनमुक्ति सेनाका कमाण्डर भिमदत्त खड्काले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

प्रदेश सभा सभा निर्वाचन क्षेत्र (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका खड्कबहादुर डाँगीले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा कांग्रेस उम्मेदवार प्रेमप्रकाश ओली बैंकिङ कसुरमा दोषि ठहरिएकाले मंगलबार उनको उम्मेदवारी खारेज भएको थियो ।

सत्ता गठबन्धनको भागवण्डा अनुसार प्रतिनिधि सभा र प्रदेश सभा (क) मा माओवादीलाई भाग परेको थियो भने (ख) मा नेपाली कांग्रेस र माओवादी दुवैको नाम उल्लेख गरिएको थियो । यद्यपि माओवादीले तीन वटामै पाउनुपर्ने अडान कायम राखेपछि कांग्रेसले सबै क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

अब गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा माओवादीका जनार्दन शर्मा र प्रदेश (क) मा महेन्द्र केसी र (ख) माओवादीकै राजकुमार शर्मा उम्मेदवार बनेका छन् ।

त्यसैगरी प्रतिनिधि सभामा नेकपा एमालेका नन्दराम देवकोटा, स्वतन्त्रबाट नेपाली काँग्रेसका युवा नेता तारक केसी, स्वतन्त्रबाट राजन पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्ल र मंगोल नेशनल अर्गनाईजेशनका हरीबहादुर पुन चुनावी प्रतिस्पर्धामा रहेका छन्।

प्रदेश सभा ‘क’ मा नेकपा एमालेका नारायण कुमार शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाह र प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका कर्णबहादुर घर्ती मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसी उम्मेदवार रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार