अव घरबाटै नापी कार्यालयको सेवा लिन सकिने

अव घरबाटै नापी कार्यालयको सेवा लिन सकिने

मुसिकोट ।  रुकुम पश्चिममा अब घरबाटै नापी कार्यालयको सेवा लिन सकिने भएको छ । नापी कार्यालयमा आज (बिहिबार) बाट भू– सूचना प्रणाली (नेलिस) मार्फत सेवा सुरु भएकोपछि घरबाटै सेवा लिन सकिने भएको हो । कार्यालयले अब घरमै बसेर सेवा लिन सकिने जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा नापी सर्वेक्षक जगबिर बिष्टले आजबाट औपचारिक रुपमा नेलिस प्रणाली मार्फत सेवा दिएर उक्त प्रणाली सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार यो सेवा सञ्चालन गनेृ रुकुम पश्चिमको नापी कार्यालय ५१ औं कार्यालयको हो ।

यो सेवाको www.merokitta.dos.gov.np मा गएर निवेदन दिन सकिने छ । मेरो कित्ता वेभ पेज मार्फत निवेदन दिएर अनलाईनबाटै कित्ताकाट, नक्शा प्रिन्ट, प्लट रजिष्टर उतार, फिल्डबुक उतार, जग्गा नाप जाँचको लागि रेखांकनको निवेदन लगायतको सेवा घरबाटै लिन सकिने नापी कार्यालयले जनाएको छ । यो प्रणाली मार्फत बैंक तथा वित्तिय सस्थाहरु, सेवाग्राहि सबैले अनलाईनबाटै सेवा लिन सक्ने बताईएको छ ।

विभागीय प्रतिनिधि तथा नापी सर्वेक्षक दिनेश खत्रीले यो प्रणाली मार्फत सेवा सुरु भएपछि कार्यालयको कामलाई समेत सिधै विभागबाट अनुगमन हुने बताउनुभयो । अनलाईनबाटै सबै सेवा प्रदान हुने भएकोले भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुनपर्ने, सेवाग्राहिको फजुल खर्च नहुने, कार्यालयमा भिडभाडको अवस्था नआउने भएकोले प्रभावकारी रहेको उहाँले बताउनुभयो ।

केन्द्रीय एकिकृत सरकारी सूचना केन्द्रसँग इन्ट्रानेट मार्फत कनेक्नश हुने भएकोले यो सेवा थप भरपर्दो रहेको छ । मेरो कित्तामा सेवाग्राहिले कामको राजश्व तिरेको रसिद अथावा भौचर अपलोड गरेको चार घण्टा भित्रै अनलाईबाटै सेवा दिने प्रावधान रहेको समेत विभागिय प्रतिनिधि खत्रीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार