मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले कार्तिक १८ गतेबाट २४ गतेसम्म सबै वडाहरुमा एकिकृत घुम्ति शिविर सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहका अनुसार व्यवसाय दर्ता, व्यवसाय नविकरण, व्यवसाय इजाजतपत्र, योजना सम्झौता, अपांगता परिचयपत्र वितरण, प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका सेवाहरु घुम्ति शिविरमार्फत प्रवाह गरिनेछ ।
त्यसैगरी बिभिन्न सिफारिस तथा विषयगत शाखाहरुबाट प्रदान गरिने सेवाहरु सामान्य स्वास्थ्य परिक्षण, कृषि तथा पशु सेवा लगायतका सेवाहरु पनि घुम्ति शिविर मार्फत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो ।
घुम्ति शिविर १८ गते वडा नम्बर १३ र १४ को लागिको लागि वडा नम्बर १४ को कार्यालय, २० गते वडा नम्बर ६ को मुलबजार, २१ गते वडा नम्बर ४ र ५ को वडा नम्बर ४ को चौतारामा हुने जनाएको छ ।
त्यसैगरी २३ गते वडा नम्बर १ र २ को साझेबगर र २४ गते वडा नम्बर ३ को खदीमा सेवा प्रवाह गरिने छ ।
शिविर हरेक दिन बिहानको १० बजे देखि साझँ ५ बजेसम्म सञ्चालन हुने बताईएको छ ।