कर्णालीमा अलपत्र हवाई यात्रुको उद्धार हुने

कर्णालीमा अलपत्र हवाई यात्रुको उद्धार हुने

वायुसेवा कम्पनीहरुले गरेको उडान कटौतीका कारण कर्णाली प्रदेशका विभिन्न गन्तव्यमा अलपत्र परेका यात्रुको उद्धार हुने भएको छ ।

मंगलबार वायुसेवा सञ्चालक संघका अध्यक्षतामा काठमाडौंमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा दुर्गम भेगमा जहाज उडाउने कम्पनी समिट एयर, तारा एयरका प्रतिनिधि, कर्णाली प्रदेशका जनप्रतिनिधिसहितको उपस्थिति थियो ।

बैठकले कर्णाली प्रदेशमा अलपत्र परेका सम्पूर्णलाई चाडो भन्दा चाडो उद्धार गर्ने निर्णय गरेको संघले जनाएको छ । कर्णाली प्रदेशमा हालको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरुसँग भएका स्रोत साधनको पूर्ण उपयोग गर्ने निर्णय समेत बैठकले गरेको छ ।

हवाई यातायात निर्वाध रुपमा सञ्चालन गर्न शान्ति सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने निर्णय समेत भएको छ । वायुसेवा कम्पनीहरुले यथाशिघ्र ई–टिकेटिङको व्यवस्था गर्नु गर्ने निर्णय समेत उक्त बैठकमा भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार