सानीभेरी नदीमा डुबेर बालिकाको मृत्यु

सानीभेरी नदीमा डुबेर बालिकाको मृत्यु

सांकेतिक तस्बिर

रुकुमकोट । रुकुम पूर्वमा सानीभेरी नदीमा डुबेर एक बालिकाको मृत्युु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ८ लम्पाकोट कि १४ बर्षिया अन्जली नाथको सानीभेरी नदीको किनारमा डुबेर मृत्यु भएको हो ।

सिस्ने ३ को मुलपानीमा बुधबार पौडी खेल्ने क्रममा डुबेर नाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

बालिका बदाम खन्न गएकी हजुर आमालाई खाजा लिएर मुलपानी गएको समयमा पौडी खेल्न गएको प्रहरीले जनाएको छ ।

लामो समयसम्म घर नआए पछि आफन्तले खोजी गर्दा सानीभेरी नदीको भँगालो छुटेर जम्मा भएको पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।

बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुकुम पूर्वमा राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार