मुसिकोट । बुवाआमाको सम्झनामा रुकुम पश्चिमको मुसिकोट १ मा रहेको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा सरस्वतीको मन्दिर निर्माण गरिएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर १ सालघारी निवासी स्वर्गीय कालिबहादुर खत्री ९तारादल० र स्वर्गीय दुर्गा खत्रीको स्मृतिमा क्याम्पस परिसर भित्र सरस्वतीको मन्दिर निर्माण गरिएको हो । स्वर्गीय खत्रीद्वयको स्मृतिमा उहाँका छोरा, बुहारी, छोरी र ज्वाईले ४ लाख ३० हजार रकम खर्च गरेर मन्दिर स्थापना गर्नुभएको हो ।
शनिबार निर्माण सम्पन्न भएको सरस्वती मन्दिरको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र मुसिकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख बुद्धिप्रसाद गौतमले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । यस्तै आजै उक्त मन्दिर निर्माण गर्ने परिवारका सदस्यले क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमलाई मन्दिर हस्तान्तरण गरेका हुन् ।
छोराहरु लोकबहादुर केसी, बीरबहादुर केसी र नारायण केसी, बुहारीहरु अंगीता केसी, जुना शाह (केसी) र कविता केसी, छोरीहरु निर्मला केसी (बुढा) र सुमित्रा केसी (पुन) र छोरीजुवाई जोगेन्द्र पुनले मन्दिर निर्माण गर्नुभएको हो ।
कालिबहादुर खत्रीको २०७६ माघ ९ गते र दुर्गा खत्रीको २०६६ असोज १७ गते निधन भएको थियो ।
यस्तै मुसिकोट खलंगा बहुमुखी क्याम्पसको ४२ औं बार्षिकोत्सवको अवसरमा स्वर्गीय माता र पिताको सम्झनामा मन्दिर निर्माण गर्ने सहयोग गर्ने
निर्माणकर्ताहरुलाई सम्मान गरेको छ ।



