मुसिकोट । रुकुम पश्चिममा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।
सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले राति ९ बजेसम्म मात्र देउसी भैलोका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
यस्तै पटका, आतिशवाजी, भूइँचम्पा जस्ता विष्फोटक पदार्थ प्रयोगलाई पनि प्रशासनले निषेध गरेको छ ।
त्यस्ता पदार्थ निकासी, ओसार प्रसार र बिक्री वितरण गरेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । जुवातास, लगुरबुर्जा खेलेको पाइएमा पनि कानूनी कारबाही गरिने बताइएको छ।
