भोट माग्न घरदैलोमा स्वतन्त्र उम्मेदवार रावल

भोट माग्न घरदैलोमा स्वतन्त्र उम्मेदवार रावल

रुकुमकोट । आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरु तथा स्वतन्त्र उम्मेदवारहरु मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।

केहि दिनदेखि जिल्लामा राजनीतिक दल र स्वतन्त्ररुपमा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले भोट माग्न घरदैलो अभियान सुरु गरेका हुन्।

यस्तै रुकुम (पूर्व) प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का स्वतन्त्र उम्मेदवार केशव रावलले चुनावी अभियान सुरु गर्नुभएको छ । आईतबार स्यालापाखामा सहिद परिवारलाई भेटेर रावलले चुनावी प्रचारप्रसार र घरदैलो अभियान सुरु गर्नुभएको हो ।

चुनावी अभियान सुरु गर्नका लागि रावललाई स्थानीयले शुभकामना कार्यक्रम राखेर स्थानीय र निवर्तमान जनप्रतिनिधि र माओवादी केन्द्रका जिम्मेवार नेता कार्यकर्ताको समर्थनमा गाजाबाजा सहित सहिद स्मृति भवनमा स्वागत गरेका थिए ।

उमेदवार रावलले आज पनि भोट माग्न घरदैलो अभियान जारी राख्ननु भएको छ । रावल निर्वाचनमा जीप चिह्नबाट चुनाव प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

उम्मेदवार रावल आफनो निर्वाचन क्षेत्रका सबै ठाउँमा पुग्ने बताउनु भएको छ । रावल नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ।

उहाँले जिल्लामा भएको सत्ता गठबन्धनका नाममा गलत व्यक्तिको उम्मेदवारी परेकाले आफूले उम्मेदवारी दिएको बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार