निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक पद्धतितर्फको बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाएको छ ।
दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकाहरुलाई आयोगले सूचीबाट हटाएको हो ।
उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटेको छ ।
मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको नाम हटेको छ । प्रदेशसभामा उम्मेदवार भएपनि सम्बन्धित प्रदेशमा मतदाता सूचीमा नाम नभएका कारण १८ जना सूचीबाट हटेका छन् ।
आयोगले मागेको कागजात पेश नगरेकाले थप ६ जनाको नाम बन्दसूचीबाट हटेको छ ।
हेर्नुहोस् आयोगको सूचना :