मुसिकोट १२ का लिलाध्वजको परिवारलाई आर्थिक सहयोग

मुसिकोट १२ का लिलाध्वजको परिवारलाई आर्थिक सहयोग

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ का लिलाध्वज खड्काको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

३७ वर्षको उमेरमा मृत्यु भएका खड्काको परिवारलाई दुई लाख ५२ हजार १४१ रुपैया सहयोग गरिएको हो ।

बिहिबार खड्का १३ औ पुण्य तिथिको अवसरमा संकलन गरिएको रकम उहाँको घरमै गएर हस्तान्तरण गरिएको स्थानीय समेत रहनु भएका नेपाली काँग्रेस मुसिकोट नगरसमितिका सभापति प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

मृतक खड्काको दाहसस्कार र सन्तानको शैक्षिक क्षेत्रमा केहि राहत होस् भन्ने हेतुले आर्थिक सहयोग जुटाईएको ओलीले बताउनुभयो । ओलीका अनुसार हाल अमेरिकामा रहनुभएका खिममान खत्री, भिम बहादुर खड्का र वीर बहादुर डाँगीको पहलमा एक लाख ५१ हजार २८७ रकम सहयोग जुटाईएको हो ।

त्यसैगरी हाल भारतमा रहनुभएका प्रकाश ओलीं, धर्म प्रसाद ओलीको पहलमा दाहसंस्कार खर्च गरेर बचेको सहयोग रकम १९ हजार ७०४ र ईष्टमित्र, छरछिमेकहरुको सहयोगमा जम्मा भएको ८१ हजार १५० सहयोग प्राप्त भएको ओलीले जानकारी दिनुभयो ।

लिलाध्वजका एक छोरा, एक छोरी, श्रीमती, आमाबुवा, भाई र बुहारी हुनुहुन्छ । उहाँकाे कात्तिक ७ गते भारतको गुवामा मोटरसाईकलको ठक्करबाट मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार