मुसिकोट । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै रुकुम पश्चिममा वाम लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवारहरुले चुनावी सभालाई तिब्रता दिएका छन् ।
जस अन्तर्गत आज (शनिबार) जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १० को पेउघामा वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।
चुनावी सभामा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार तथा सक्ता गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो ।
चुनावी सभालाई प्रतिनिधि सभाका उम्मेदवार तथा अर्थमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, नेपाली कांग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपाली, प्रदेश सभा (ख) का उम्मेदवार राजकुमार शर्मा, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री गोपाल शर्मा, केन्द्रिय सदस्य लक्ष्मी पुनले सम्बोधन गर्नुभएको थियो ।
यस्तै प्रदेश सभाका समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा र नेपाल समाजवादी पार्टीका अध्यक्ष प्रशाराम खत्री, नेपाल समाजबादी पार्टीका केन्द्रिय सदस्य अम्मर ओलीले सभालाई सम्बोधन गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्रका गणेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका थबहादुर खड्काले स्वागत मन्तब्य राख्नुभएको थियो ।