रुकुम पूर्वमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

रुकुम पूर्वमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

रुकुमुकोट । रुकुम पुर्वमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ ।

जिल्लाको ३ वटा स्थानीय तहमा रहेको ५६ मतदान केन्द र जिल्ला समन्वय समितिको कार्यालयमा बनाइएको १ अस्थायी मतदान केन्द्र गरेर ५७ मतदान केन्द्रमा खटिने कर्मचारीहरुको लागि तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी तेज कुमार ओलिले जानकारी दिनुभयो ।

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिका लगायतका विषयमा पनि तालिम दिइएको छ ।

तालिमको सहजिकरण मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरे, प्रमुख जिल्ला अधिकारि तुलाराज सुनुवार र निर्वाचन अधिकृत तेज कुमार ओलिले गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै तालिम पश्चात नमूना मतदान केन्द्र निर्माण गरेर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको सहभागितामा नमूना मतदान समेत गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार