रुकुम कारागारमा रहेका ६४ जना कैदीबन्दीद्वारा मतदान

रुकुम कारागारमा रहेका ६४ जना कैदीबन्दीद्वारा मतदान

मुसिकोट । निर्वाचन आयोगले कारागारका कैदीबन्दीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरे अनुसार रुकुम कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । रुकुम कारागारमा रहेका ६४ जना कैदीबन्दीले मतदान गरेका हुन् ।

मुसीकोट नगरपालिका १ मा रहेको रुकुम कारागारमा रहेका कैदीबन्दीहरुले मतदान गरेका हुन् । कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रमा ६४ जना कैदीबन्दीहरुको मत खसेको छ । मतदान अधिकृत लक्ष्मण बिकका अनुसार ६६ जना कैदीबन्दीको नामावली रहेको भएतापनि ६४ जनाको मात्र मत खसेको हो । नामावलीमा नाम समावेश भएका मध्य दुई जना कैदीबन्दी हाल रुकुम कारागारमा नरहेकोले मत नखसेको बताईएको छ ।

कारागारमा रहेका कैदीबन्दीहरुले क्रमैसँग शान्तपूर्वक मतदान कार्यमा भाग लिएको मतदान अधिकृत बिकले जानकारी दिनुभयो । उहाँले पाँच जना महिला र ५९ जना पुरुष कैदीबन्दीले मत खसालेको जानकारी दिनुभयो ।

रुकुम कारागारमा रहेका १२४ जना कैदीबन्दी मध्य अन्तिम मतदाता नामावलीमा ६६ जनाको मात्र नाम समावेश रहेको थियो । अस्थायी मतदाताको लागि तोकिएको अवधिभित्र विवरण पेश गरेका कैदीबन्दीहरुले प्रतिनिधिसभाको समानुपातिक तर्फ मतदान गर्न पाउँने व्यवस्था रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार